गोविन्दालाई के को हैसियतमा विमानस्थलको अति विशिष्ट कक्षमा किन राखियो ?

काठमाडौँ, २१ कार्तिक । बलिउड अभिनेता गोविन्दा आहुजालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा राखिएकोप्रति एक जना पूर्वमन्त्रीले आपत्ति जनाएका छन् । भूतपूर्व वाणिज्य तथा आपूर्ति मन्त्री एवम् राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले सामाजिक सञ्जालमार्फत गोविन्दालाई कुन हैसियतमा विमानस्थलको अतिविशिष्ट कक्ष प्रयोग गर्न दिईयो भन्दै प्रश्न उठाएका छन् ।

गत मंगलबार नेपाल आएका गोविन्दा र उनकी पत्नी सुनितालाई विमानस्थलको अति विशिष्ट कक्षमा राखिएको थियो । यो कक्ष अहिलेसम्म कुनै पनि नेपाली कलाकारले प्रयोग गर्न पाएका छैनन् ।

थापाले लेखेका छन्, ‘हामिले नबुझेको चाहिँ कुन हैसियतले बलिउड अभिनेता गोविन्दा अहुजा श्रीमतीसहित मंगलबार काठमाडौं आइपुगेका बेला त्रिभुवन बिमानस्थलको अति विशिष्ट कक्ष उपयोग गन्र पाए । जबाफ पाईएला कि । भारतमा हाम्रा कलाकारले त्यो सुबिधा पाउँछन् ?’

यस विषयमा विमानस्थलका प्रवक्ता प्रताप तिवारीले भने गोविन्दा आएको आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।

२१ कार्तिक २०७६, बिहीबार १४:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..