तिहार सुरु, कुन दिन के को पूजा ?

काठमाडौँ, ८ कार्तिक । तिहार आजदेखि सुरु भएको छ । तिहार सुरु भए पनि कागपूजा भने भोलि गरिँदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको छ । धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार परेको छ । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर पूजा र बेलुकी लक्ष्मीपूजा गर्नुपर्नेछ ।

कात्तिक ११ गते गाई, गोरु र आत्म (म्ह) पूजा परेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्ह पूजा यसैदिन गर्न पञ्चांग निर्णायक समितिले सुझाएको छ ।

कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका परेको छ । बिहान ११ः५५ बजे भाइटीकाको उत्तम साइत परेको छ ।

८ कार्तिक २०७६, शुक्रबार १०:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..