अन्नपूर्ण होटलका कर्मचारीमा डेंगु, अतिथि कति सुरक्षित ?

निरोज कुमार थापा, काठमाडौँ, ६ कार्तिक । अन्नपूर्ण होटलका आधार दर्जन बढी कर्मचारीमा ‘डेंगु’ को संक्रमण देखिएको छ । सुशिल दाहाल, सुनिल घोष तथा उद्व विष्टलाई देखिएको डेंगु अहिले अन्य कर्मचारीमा मसेत देखिएको छ । दाहाल, घोष र विष्ट निको भएपनि अहिले अन्य थप ४ जना कर्मचारीमा डेंगु देखिएको हो ।

अन्नपूर्णका कर्मचारीहरु बेलकृष्ण श्रेष्ठ, परशुराम न्यौपाने, सचिना सुनुवार र लिला रानामा डेंगुको सक्रमण पाईएको हो । उनीहरु ब्लुक्रस हस्पिटलमा उपचाररत छन् ।

तारे होटलका रुपमा निकै चर्चामा रहेको अन्नपूर्णका कर्मचारीमा डेंगु देखिएपछि त्यहाँ आएर बस्ने पर्यटक र अन्य अतिथिको सुरक्षा कसरी भईरहेको छ भन्ने विषयमा प्रश्न उठ्न थालेको छ । होटलकी प्रमुख कार्यकारी अधिकृत दिपा गुरुङ केही कर्मचारीमा डेंगुको संक्रमण देखिएपनि यसलाई फैलिनबाट रोक्न र अन्य कर्मचारी तथा पहुनामा नलागोस् भन्नका लागि होटल सचेत रहेको बताउँछिन् ।

‘हामीसँग इन हाउस डक्टर छन्, यही उपचार हुन्छ’ उनले भनिन्, ‘हस्पिटलमा उपचाररत कर्मचारीको अवस्थाका विषयमा पनि हाम्रो ‘एचआर’को टिमले नियमित रुपमा बुझिरहेकै हुन्छ ।’

६ कार्तिक २०७६, बुधबार १२:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

काठमाडौं । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको..

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी..

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..