२३ देशका वैज्ञानिकले भाग लिएको सम्मेलनमा नेपालले जित्यो स्वर्ण पदक

काठमाडौँ, ४ कार्तिक । रुसमा सम्पन्न ८ औँ एशिया व्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा नेपाली वैज्ञानीकले स्वर्ण पदक जितेका छन् । २३ राष्ट्रका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली युवा वैज्ञानिकले स्वर्ण पदक जितेका हुन् ।

नेपालको तर्फबाट सहभागी ९ विद्यार्थीमध्येसाउथवेस्र्टन स्टेट कलेज बसुन्धराका स्वराज सागर प्रधानले गोल्ड मेडल जितेका छन् । प्रधानले युज अफ माइक्रो स्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाईस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिस बिषयमा आफ्नो प्रस्तुती दिएका थिए ।

अस्मिता स्कुलकी दिक्षा संजेल र काठमाण्डौं मोडेल कलेजका ऋषीकुमार गुप्ताले ब्राउन्ज मेडल जित्न सफल भएका छन् । रुसमा अक्टोबर १४ देखि १९ सम्म युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय सम्मलेन आयोजना भएको थियो ।

४ कार्तिक २०७६, सोमबार १८:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..