एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी, आचार्य १११ मताले पराजित

काठमाडौँ, १ कार्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । उनले प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै संघको नवौँ विश्वसम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी पन्तले कुल १ हजार १८१ मत पाएका छन् । उनले प्रतिस्पर्धी आचार्यलाई १११ मतान्तरले पराजित गरेका छन् ।

उपाध्यक्ष बद्री केसी, सोनाम लामा र अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बाँकी दुई उपाध्यक्षहरूको भने मतपरिणाम आउन बाँकी छ । महासचिव र सचिवको पनि मत परिणाम आउन बाँकी छ ।

बिहिबार भएको मतदानमा कुल २ हजार ३४१ मत खसेको थियो ।

१ कार्तिक २०७६, शुक्रबार ११:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..