एनआरएनए निर्वाचनमा अब कागजी मतदान

काठमाडौँ, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा अब अब कागजी प्रक्रियाबाट मतदान हुने भएको छ । निर्वाचन समिति सदस्य केपी पाण्डेले प्राविधिक कारणवस कागजी प्रक्रियाबाट मतदान हुने जानकरी दिए । आज बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने बताएका छन् । कागजी प्रक्रियाबाट हुने मतदानको लागि नमुना मतपत्र समेत सार्बजनिक भईसकेको छ ।

बुधबार बेलुका अबेर गरी भोटिंग मेसिनबाट नै मतदान सुरु भए पनि प्राविधिक समस्या आएपछि मतदान स्थगित भएको थियो । मतदान स्थगित भएपछि आक्रोशित प्रतिनिधिहरुले कुर्सि टेबल तोडफोड गरेका थिए ।

निर्वाचनमा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ४२ पदका लागि ७६ ले उम्मेदवारी दर्ता गराएका हुन् । नयाँ नेतृत्वमा अध्यक्षमा कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनमा करीब दुई हजार ४ सय मतदाता सहभागी हुनेछन् ।

‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने नाराकासाथ मङ्गलबारदेखि सुरु भएको संघको नवौँ विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् । सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने छन् ।

नमूना मतपत्रः

३० आश्विन २०७६, बिहीबार ०९:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..