कर्णालीका सबै नागरिकको जीवन बीमा

सुर्खेत, १ असोज । कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका हरेक नागरिकको एक लाखको दुर्घटना वीमा गरिदिएको छ । बुधबार आन्तरिक मामिला तथा कानून मन्त्रालयले राष्ट्रिय वीमा कम्पनीसँग यस सम्बन्धमा सम्झौता गरेको हो ।

सम्झौतामा वीमा कम्पनीकातर्फबाट डाक्टर डिल्लिराज अर्याल र मन्त्रालयका प्रदेश सचिव वीरेन्द्रकुमार यादवले हस्ताक्षर गरे । प्रदेश सचिव यादवले १७ लाख ७० हजार कर्णालीवासीका लागि विपद्विरुद्ध सामुहिक दुर्घटना वीमा गरिएको जानकारी दिए । अब प्रदेशका नागरिकको विपद् दुर्घटनामा मृत्यु भएमा वीमावापत एक लाख रकम उपलब्ध गराइने छ ।

मन्त्रालयले प्रदेशका १० हजार घरको समेत निःशुल्क वीमा गर्ने तयारी गरेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिको सिफारिसमा १० जिल्लाका १० हजार घरको वीमा गर्ने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ । घरको वीमा ५ लाखको हुनेछ ।

मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीका नागरिकले हरेक वर्ष ठूलो क्षती बेहोनु परिरहेको भन्दै सोही क्षतिमा मलहम लगाउन राहतस्वरुप वीमा कार्यक्रम सुरू गरिएको बताए ।

१ आश्विन २०७६, बुधबार १६:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..