प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न स्वदेश फर्कदै

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज अपरान्ह स्वदेश फर्कनुहुने छ । उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले दिएको जानकरी अनुसार प्रधानमन्त्री ओली सिङ्गापुरबाट थाइल्याण्ड हुँदै आज अपराह्न थाई एयरवेजबाट प्रस्वदेश फर्कनुहुनेछ ।

मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि उहाँ गत भदौ ५ गते त्यसतर्फ जानुभएको हो । उहाँको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गर्नुभएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर जानुभएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उहाँसँगै फर्कनुुहुनेछ ।

प्रधानमन्त्रीका साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी हुुनुहुन्छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा दिव्यासिंह शाह भने फर्किसक्नुभएको छ । यसअघि उहाँ सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी साउन २७ गते स्वदेश फर्किनुभएको थियो ।

२० भाद्र २०७६, शुक्रबार ०५:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..