अमेरिकी तल्लाे सदनले पास गर्यो न्यूनतम ज्याला प्रतिघण्टा १५ डलर, रिपब्लिकनको असहमति

न्यूयोर्क । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले कामदारको न्यूनतम तलव दोब्बर बृद्धिको प्रस्ताव पारित गरेको छ । डेमोक्र्याट बहुल सदनले प्रतिघण्टा न्यूनतम पारिश्रमिक १५ अमेरिकी डलर पुर्याउने विधेयक पास गरेको हो ।

विधेयक अब अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट पनि पास भएर राष्ट्रपतिले प्रमाणीकरण गरे कार्यान्वयनमा जानेछ । विधेयकमा हाल कायम प्रतिघण्टा ७.२५ डलर संघीय न्यूनतम पारिश्रमीकलाई सन् २०२५ भित्र १५ डलर पुर्याउनु पर्ने उल्लेख छ ।

डेमोक्र्याट बहुल राज्य न्यूयोर्कले यस अघिनै न्यूनतम पारिश्रमिक प्रतिघण्टा १५ डलर पुर्याइ सकेका छ । रिपब्लिकन बहुल अधिकांश राज्यले भने संघीय पारिश्रमिकलाई मान्यता दिएर आफ्नो न्यूनतम पारिश्रमिक तोकेका छैनन् । मासाचुसेट्स, क्यालिफोर्निया लगायतका डेमोक्र्याट बहुल राज्यले पनि यस अघि नै न्यूनतम पारिश्रमिक १२ डलर प्रतिघण्टा पुर्याइसक्दा रिपब्लिकन बहुल एवं अमेरिकाको सबैभन्दा ठूलो राज्य टेक्सासले न्यूनतम पारिश्रमिक तोकेकै छैन ।

अमेरिकामा डेमोक्रेटिक पार्टीले कामदारको हित र पक्षमा आवाज उठाउँदै आएको छ भने रिपब्लिकनहरु बजारलाई नै ज्याला निर्धारण गर्न दिनु पर्ने पक्षमा बोल्ने गरेका छन् । जसले पूँजीको तुलनामा श्रमको अवमूल्यन गरेको श्रमजिवीहरुको मत रहेको छ । आज हाउस अफ रिप्रिजेन्टिेटिभबाट पारित पारिश्रमिक बढाउने प्रस्तावमा पनि अधिकांश रिपब्लिकन सांसदहरु सहमत भएनन् । विधेयकको पक्षमा २३१ र विपक्षमा १९९ भोट खसेको थियो ।

अमेरिकी सिनेटमा रिपब्लिकन बहुमत रहेको र राष्ट्रपति पनि रिपब्लिकन नै रहेको कारण यो विधेयक कानूनमा परिणत हुने संभावना भने न्यून रहेको छ । सिनेट मेजोरिटी नेता मिच म्याकोनेलले माथिल्लो सदनमा यो विधेयक प्रस्तुत नगर्ने बताइ सकेका छन् । तर, यो सन् २०२० निर्वाचनको लागि राजनीतिक हरियार भने हुने निश्चित छ । डेमोक्र्याटहरुले आफुले जितेमा न्यूनतम पारिश्रमिक बढाउने प्रतिबद्धता जनाउने छन् भने रिपब्लिकनले त्यो बाटो समाजवाद तर्फको हुने तर्क गर्नेछन् ।

हाउस डेमोक्र्याटले भने आजको विधेयकलाई अमेरिकी कामदारको हितमा अभुतपुर्व निर्णय भन्दै खुसीयाली मनाएका छन् । ‘आज साँच्चिकै ऐतिहासिक दिन हो’ सभामुख न्यान्सी पेलोसीले भनेकी छिन् ।

न्यूनतम पारिश्रमिक १५ डलर पुर्याउँदा १३ लाखले रोजगारी गुमाउन सक्ने कंग्रेसकै बजेट अफिसको रिपोर्टलाई आधार देखाउँदै रिपब्लिकन सांसदले भने यो विधेयकको विपक्षमा मत दिएका दिएका थिए । रिपोर्टमा न्यूनतम तलव बृद्धिले दुई करोड ७३ लाख कामदारलाई फाइदा पुग्ने समेत उल्लेख छ । तर, त्यसप्रति भने रिपब्लिकन सांसदहरुले चासो दिएनन् । उल्टो राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार उकालो लागेको अर्थतन्त्रमाथि प्रहार गर्न डेमोक्र्याटहरुले पारिश्रमिक बृद्धिको चाल चालेको आरोप उनीहरुले लगाएका छन् । अमेरिकामा सन् २००९ यता संघीय न्यूनतम पारिश्रमिक बृद्धि भएको थिएन । हाउस र सिनेट दुबैमा डेमोक्रेटिक बहुमत र राष्ट्रपति पनि एकै पार्टीको भएका बेला पारिश्रमिक बढाइएको थियो ।

७ श्रावण २०७६, मंगलवार ०५:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..