क्यालिफोर्नियामा ७.१ म्याग्नीच्युटको शक्तिशाली भूकम्प गयो, अझै शक्तिशाली भूकम्प जाने चेतावनी

पुरुषोत्तम ढकाल, लसएन्जलस २० असार । शुक्रबार साँझ यहाँको स्थानिय समय अनुसार ८: १६ मिनेट जादा क्यालिफोर्नियाको रिजक्रेस्टबाट ११ माइलको दुरीमा केन्द्र रहेको ७.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट सामान्य केही पूर्वाधारमा क्षति पुगेको स्थानिय अधिकारीहरुले बताएका छन् ।

क्यालिफोर्नियाको सानफ्रान्सिस्कोस्थित प्रतिष्ठित भूकम्प मापन केन्द्र (युएसजीएस)ले यस क्षेत्रमा अझै शक्तिशाली भूकम्प जान सक्ने चेतावनी दिएको छ ।

क्यालिफोर्नियाको रिजक्रेस्टबाट ११ माइलको दुरीमा केन्द्र रहेपनि भूकम्पको धक्का छिमेकी मुलुक मेक्सिको र अमेरिकाको पश्चिम तटमा रहेका राज्यहरुमा पनि अनुभव गरिएको थियो ।

क्यालिफोर्निया भूकम्पको अत्याधिक जोखिम रहेको क्षेत्र हो भने यस अघि बिहिबार बिहान क्यालिफोर्नियाको रिजक्रेस्टबाट ११ माइलको दुरीमा ६ .४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको थियो ।

शुक्रबार साँझ गएको ७.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प पछि पुगेको क्षति बारे यो समाचार तयार पार्दा सम्म कुनै बिबरण प्राप्त भएको छैन ।

२१ असार २०७६, शनिबार ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे आइसोलेशनमा

काठमाडौ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरे सहित अख्तियारमा कार्यरत तीन दर्जन कर्मचारी र..

डोटीमा घर भत्किँदा चारको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच..

गोंगबु बिभत्स हत्यामा प्रयोग भएको घर भेटियो

काठमाडौं । राजधानीको गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनाको अनुसन्धानमा..

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..