ब्रिटिस गोर्खा सत्याग्रहको आन्दोलन स्थगित

ललितपुर । बेलायत सरकारले विभेद् गरेको भन्दै आन्दोलन गरिरहेको ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले जुलाई १ देखि गर्ने भनेको आन्दोलनका कार्यक्रमहरू स्थगन गरेको छ।

सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समितिले प्रधानमन्त्रीको बेलायत भ्रमणमा समकक्षी थेरेसा मेसँग पूर्व गोर्खाहरूको समस्याबारे संवाद गरेको र बेलायती पक्षले सकारात्मकरूपमा लिएको भन्दै आन्दोलनमा जाने निर्णय फिर्ता लिएको बताएको छ।

पत्रकार सम्मेलनमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति नेपाल च्याप्टरका संयोजक लालबहादुर घिसिङले प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा भएको द्विपक्षीय संवादलाई सकारात्मक रुपमा लिएको भन्दै ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिलाई बेलायत सरकारले पत्र लेखेर पठाएको हुँदा हाललाई जुलाई १ बाट गर्ने भनेको आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी दिए। साथै घिसिङले नेपाल सरकारले विगतमा झैँ पहलकदमी लिने समयमा झारा टार्ने काम नगर्न चेतावनी पनि दिए।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल सरकारलाई ब्रिटिस गोर्खाका पूर्व सैनिकहरूको सम्बन्धमा बेलायत सरकारसँग वार्ता गर्न निर्देशन दिएको छ। ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले समस्या समाधान गर्न उच्चस्तरीय वार्ता समिति गठन गर्न पनि माग गरेका छन्।

१७ असार २०७६, मंगलवार ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..