व्यवसायीक कफीको जन्मदाता ढकेश्वर घिमिरेको संघर्ष र सफलता

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको सम्मान र आत्मविश्वासले मानिसलाई सफल बनाउँछ । अटुट संघर्षबाट सफल भएकाहरुको कहानी आफ्नै छ । असफलताको लामो श्रृंखला पार गरेर सफल बनेका उदाहरणीय उद्यमीले श्रम, स्रोत र समय निकै लगानी गरेका हुन्छन।

यसरी नै संघर्ष र सफलता जोडिएको पात्र हुन् ढकेश्वर घिमिरे । पाल्पाका घिमिरे कफी व्यवसायी हुन् । नेपालमा हालसम्म कफीको विकासमा जेजति प्रगति र विकास भएको छ, यसको श्रय उनैलाई जान्छ।

पाल्पाको मदनपोखरामा २०३५ सालबाट घिमिरे परिवारले कफीको खेती सुरु गरेका थिए । तर त्यसको ती वर्ष अर्थात् २०३८ सालमा भिषण बाढी आयो र जमीन बगाएर मरुभूमि जस्तै बनायो । उक्त जमिनलाई हरियाली बनाउनु दायित्व थियो, त्यसैमा कफीका विरुवा रोपे घिमिरेले । विरुवा हुर्किए, गजबको नर्सरी बन्यो । घिमिरे परिवारले उक्त नर्सरीको नाम ‘घिमिरे नर्सरी’ भनेर राखे । २०४२ सालमा यही परिवारले कफी उत्पादन केन्द्र पनि स्थापना गरे ।

सुरुमा आगो बालेर माटोको भाडो (हाँडी) मा भुटेर कफी प्रशोधन सुरु गरेका घिमिरेले अर्गानिकबाहेक केही सोचेनन् । एम.ए. सम्मको अध्ययन गरेका उनी कहिल्यै क्याम्पस गएनन् । प्राइभेटबाट परीक्षा दिन्थे, पास हुन्थे । क्याम्पस पनि पढाउथे । स्थायी शिक्षक भएर पनि उनको कफीप्रतिको मोह र यसलाई ब्राण्ड बनाउने भोक मेटिएन । पेन्सन हुन २ वर्ष बाँकी छँदा जागिर छोडर उनी कफीतिरै होमिए । सँगैका साथी अहिले भेट हुँदा पेन्सन थापिरहेको सुनाउँछन उनलाई । यो सुन्दा उनी अलि खिन्न हुन्छन्, फेरि देश तथा विदेशमा पाएको सम्मान र हजारौलाई कफी चखाउँदाको आनन्दले उनलाई सन्तुष्ट बनाउँछ ।

सबैभन्दा ठूलो कुरा कामको सम्मान गर्नु हो भन्छन् उनी । श्रीमतिले दिएको साथ उनका लागि अपार रह्यो । दुई छोरा र एक छोरीले पनि निकै लगावका साथ सहयोग गरे । छोरीको बिवाह भईसक्यो । जेठो छोरा अमेरिका छन्, व्यापारकै शिलशिलामा । त्यहाँ अब अर्गानिक नेपाली कफी पनि पुग्दैछ । कान्छो छोरा सरोज अहिले बुबासँगै छन् । बुबाले दुखले हुर्काएको व्यवसाय चटक्कै छोडेर अन्यत्र जान नैतिकताले दिँदैन भन्छन् उनी । आफैँले उद्योगमा उत्पादन गरेको कफीलाई अब आफैँ क्याफे खोलेर बेच्ने योजनामा छन् उनी । यसो गर्दा ग्राहकको प्रतिक्रिया चाँडो आउने र ग्राहकको रुची अनुसारको कफी उत्पादन गर्न सकिने सुमनको बुझाई छ । राजधानीको ठमेलमा एउटा क्याफे पनि खोलेका छन् ।

यसरी एउटा परिवार पूर्ण रुपमा उद्यमी भएको छ । ढकेश्वरले २० जनालाई सदाबहार रोजगार दिएका छन् । हिजो उनकैमा कफी बनाउने तालिम लिएर अमेरिका अष्ट्रेलियासम्म पुगेर रोजगार पाएका छन् ।

ढकेश्वर घिमिरेले यतिमात्रै गरेनन्, उनले पाल्पाबाट २०४७ सालमा कफी उत्पादन गर्ने कृषकलाई एक बनाएर ‘नेपाल कफी व्यवसायी संघ’को स्थापना गरे । संगठन देशभर फैलियो । संस्थापक अध्यक्ष रहेका घिमिरेले २०६५ सालसम्म नेतृत्व गरिरहे । अहिले उनी सल्लाहकार छन् ।

(ढकेश्वर घिमिरेसँगको कुराकानीमा आधारित)

१० असार २०७६, मंगलवार १२:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

थप ३८० जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४..

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..