यूएनए चौथौ सम्मेलन विशेष: नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल लस-एन्जलसमा

लस-एन्जलस । युनाइटेड नेप्लिज एसोशिएशन अमेरिका यूएनएको चौथौ सम्मेलन विशेष नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडलको दक्षिण क्यालिफोर्निया अडिसन आगामी साता आईतबार में १२ तारिखका दिन अडिसन हुने भएको छ ।
यसै क्रममा अमेरिकामा रहेका नेपाली र नेपाली मुलका अमेरिकन युवा प्रतिवाहरूको क्षमता अभिवृद्दिका लागि यस्तो कार्यक्रम गर्न लागिएको लसएन्जल्स क्षेत्रको संयोजक टेक वाईवा लामाको भनाई छ ।
७ बर्षदेखी १६ हर्ष सम्मका लस-एन्जलसवरिपरिका शहरबाट भाइबहिनीहरुले आफ्नो प्रतिभा सहित यूएनए नेपाली अमेरिकन लिटिल ट्यालेन्ट आइडल लस-एन्जल्स अडिसनमा सहभागी हुन कार्यक्रम संयोजक टेक लामाले सबै अभिभावकहरुलाई अनुरोध समेत गरेका छन् ।
यूएनए चौथौ सम्मेलनका लागि सांस्कृतिक समितिका संयोजक एवं नेपाल अमेरिका कलाकार संघका अध्यक्ष सुमन बुढाले संयोजन गरिरहेको छ र नेपालीहरुको बाक्लो बस्ती रहेका राज्यमा नेपाली समाजका प्रतिष्ठित व्यक्तिमध्येबाट निर्णायकहरु छनौट गरिएको बताएका छन् ।
यसै शिलसिलामा क्यालिफोर्निया लसएन्जल्समा नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका, लुकेका युवा प्रतिभाहरुलाई बाहिर ल्याउनको लागि अडिसन कार्यक्रम आयोजना गरिएको हो ।
यहाँबाट छानिएका भाइबहिनीहरु सेमी फाइनल राउण्डको लागि न्युयोर्क जानेछन् र निर्णायकहरुमा क्विज़ कनटेक्सको लागि एनआरएनए एनसिसि -अमेरिकाको महिला संयोजक इन्दिरा त्रिपाठी र युथ कोओर्डिनेटर स्वराज खाती र गायनको निम्ति कलाकार शिला आलेमगर र एस राज प्रोडक्सनका शंकर राज वाग्ले (एस राज) निर्णायक रहेको छ र नृत्यको लागि चर्चित नृत्यकार सुरज श्रेष्ठ लगायत अमित लुईटेल पनि रहेका छन् ।
कार्यक्रम लसएन्जल्सबसी नेपालीहरुको मन्दिर श्री पशुपति फ़ाउन्डेशन तथा बुद्ध मन्दिर मा हुनेछ ।
सो कार्यक्रमको लागि लसएन्जल्समा अवस्थित स्थानीय सबै संघ संस्थाहरु श्री पशुपति फ़ाउन्डेशन , नेपाल अमेरिका एकता समाज , एन आर एन एन सि सि क्यालिफोर्निया च्याप्टर, स्थानिय संस्थाहरु तामांग सोसाइटी र गुरुङ सोसाइटी,बुद्धिष्ट लोसाईटी लसएन्जल्स, मधेसी एसोशिएशन क्यालिफोर्निया च्याप्टर का अध्यक्ष दिनेश शाह , सामाजिक अभियान्त बेद भक्त जोशी, ई. कन्या कायस्था ,राजेन्द्र शिवाकोटी, सूर्य प्रसाई, चिरन्जिवी गौतम, सुवास भण्डारी , अनिल के.सी, बीरबल बुढाथोकी, श्याम जोशी, सिद्धार्थ सिलवाल, झमाक नीरौला, कृष्ण क़ोईराला, देवी चरण घिमिरे, दिल श्रेष्ठ, अमृता ग़ैरे सपकोटा, सारदा श्रेष्ठ,जोसेफ़ घले, अर्जुन ठाकुरि, गोपाल अधिकारी, राजेश नीरौला, गोपाल,मनजीत्त्ता लगायतका थुप्रै संघ संस्थाहरुका विभिन्न ब्यक्तित्वहरु को साथै सम्पुर्ण पत्रकारहरुको पनि सहयोग समर्थन रहेको छ ।
विशेषगरी महावाणिज्यदुत ऋषि ढकाल,पर्यटन दुत रामेश्वर भण्डारी, पशुपति फ़ाउन्डेशन का पुर्व अध्यक्ष भक्त थापा , बर्तमान अध्यक्ष गोकुल पौड्याल सचिव रोसन अधिकारी एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबावु पाण्डे, लगायतका सामाजिक अभियान्तहरुको साथ रहेको छ ।

कार्यक्रमको लागि ठेगाना :-
Address: 10843 Kenney Street, Norwalk, CA
(Shree Pashupatinath and Buddha Mandir)
Date: May 12, 2019
Time : Sunday (5-8pm)

२८ बैशाख २०७६, शनिबार १०:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..