प्रतिपक्षीसँग सल्लाह नै नगरि सरकारले विप्लपमाथी प्रतिवन्ध लगाएको काँग्रेशको आरोप

२८ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाउनबारे सरकारले आफ्नो दलसँग कुनै परामर्श नगरेको बताएको छ ।

कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले आफ्नो दलले हिंसात्मक गतिविधिको सँधै विरोध गर्ने बताए । तर, सरकारले सुरुदेखि विप्लव समूहको गतिविधिलाई गम्भिर रुपमा नलिएको र वार्ताका लागि गम्भिर प्रयास पनि नगरेको बताए । महतले भने, ‘विप्लव समूहबारे हामीले भन्दा उहाँहरु बढी परिचित हुनुपर्छ । तर, वार्तालाई सुरुदेखि नै जुन गम्भिरताका साथ लिनुपथ्र्यो, त्यो लिएको पाइएन । उनीहरुले आफ्नो गतिविधि गरिरहे र जनधनको क्षति भइरहृयो ।’

अहिले विप्लव समूहमाथि प्रतिबन्ध लगाउँदा पनि आफ्नो दलसँग सरकारले कुनै परामर्श नगरेको उनले प्रष्ट पारे । ‘विपक्षीसँग कुनै सम्वाद छलफल भएको छैन । उहाँहरु हामी जे सोच्छौं, त्यो नै सही हो भन्ने ढंगले चल्नु भएको छ’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका डा। महतले भने, ‘यो दुर्भाग्यपूर्ण हो ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने राजनीतिक प्रतिबन्ध लगाएर मात्र समाधान नभएको बताए । हिंसात्मक गतिविधिको कांग्रेसले सँधै विरोध गर्ने तर, राजनीतिक समाधान खोज्न प्रधानमन्त्रीले पहल पनि गर्नुपर्ने उनले बताए ।

सरकारले के योजनाका साथ प्रतिबन्ध लगाएको हो थाहा नभएको भन्दै सहमहामन्त्री महतले भने भने, ‘व्यवहारिक रुपमा शान्ति सुरुक्षा कायम गर्ने योजना पनि हुनुपर्छ ।’ अनलाईन खवरमा खबर छ ।

२८ फाल्गुन २०७५, मंगलवार २२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..