उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’

बागलुङ, २७ मङ्सिर । नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ ।

टेलिकम बागलुङ कार्यालयका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ, घमी, चराङ, सुरखाङ, छुसाङ, समर र स्याङ्बोचेमा ‘जिएसएम, बिटियस’ टावर निर्माण गरी सेवा शुरु गरिएको हो । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले ‘भ्वाइस’ र ‘डाटा’ मा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । “मुस्ताङबाट भि स्याट प्रविधि प्रतिस्थापन भएको छ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “सेवाको गुणस्तर बढेको छ, राज्यको खर्च पनि घटेको छ ।” ‘माइक्रोवेभ रेडियो लिङ्क’ ले टेलिकमको अतिरिक्त आर्थिक भार कटौती हुनेछ । ‘भि स्याट’ हुँदा वर्षेनी विदेशी स्याटेलाइट कम्पनीलाई पैसा तिर्नुपर्ने अवस्था थियो ।

“पहिले ब्याण्डविथको डाटा क्षमता जम्मा २५० केबिपिएस थियो” इञ्जिनीयर शर्माले भन्नुभयो, “अहिले दुई हजार एमबिपिएस छ, फोन नलाग्ने समस्या हटेको छ ।” भरपर्दो मोबाइल र तीव्र गतिको इन्टरनेट सेवा पाएपछि उपल्लो मुस्ताङवासी पनि खुशी छन् । यसअघि सर्वसाधारण मोबाइलको लागि ‘भि स्याट’ मा निर्भर थिए ।

“मोबाइल सेवामा सुधार आएको छ, ‘टुजी’ पनि राम्रो चलेको छ”, लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले भन्नुभयो ।
कम जनसङ्ख्या भएको भए पनि उपल्लो मुस्ताङ विश्वकै आकर्षक पर्यटकीय गन्तव्य भएकाले टेलिकमले गुणस्तीय सेवा विस्तारमा प्राथमिकता दिएको हो । सेवा विस्तारसँगै उपल्लो मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले समेत प्रत्यक्ष लाभ लिनेछन् । हाल उपल्लो मुस्ताङमा नेपाल टेलिकमबाहेक अन्य कुनै पनि दूरसञ्चार कम्पनीको सेवा पुगेको छैन ।

२७ मंसिर २०७५, बिहीबार २३:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि

काठमाडौँ, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार कोभिड १९..

घर जान पैसा छैन, स्थानीय सरकार सुन्दैन’

नरेन्द्रसिंह कार्की, दार्चुला, २५ साउन । जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत..

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

भोजराज कार्की सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका–१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको..

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..